एसएसपीबाट राजीनामा दिएर मेयरको उम्मेदवार बन्दै गोविन्दकुमार साह

न्युजलय ८ चैत २०७८, मङ्गलबार ०१:२८ मा प्रकाशित

काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गोविन्दकुमार साहले मेयरको उम्मेदवार बन्नका लागि एसएसपीबाट राजीनामा दिएका छन् ।


धनुषाको विदेह नगरपालिकामा मेयरको उम्मेदवार बन्न उनले प्रहरीको सेवा छोडेका हुन् ।  


साहको कार्यावधि १३ महिना बाँकी थियो । उनी २०४९ सालमा प्रहरी सेवामा प्रवेश गरेका थिए । जनताको चाहना अनुसार आफू उम्मेदवार बन्न लागेको उनले बताए ।  उनले कांग्रेसबाट उम्मेदवार दिन लागेका हुन् ।


२०७४ सालको स्थानीय तह निर्वाचनमा विदेह नगरपालिकामा माओवादी केन्द्रबाट मेयरमा बेचन दास विजयी भएका थिए ।