६५८ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

न्युजलय ६ भदौ २०७९, सोमबार ०९:५३ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा ६५८ जना कोरोना संक्रमित थपिएका छन्। 

देशभर गरिएको ६६४३ जनाको परीक्षणका क्रममा ६५८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

गत २४ घण्टामा ४५६ जना संक्रमित निको भएका छन्। यो अवधिमा एक जनाको मृत्यु भएको छ। देशभर हाल ४२९६ जना सक्रिय संक्रमित छन्।