इटहरीको वेदान्त हस्पिटलमा डा.सुनित अग्रवालले दैनिक सेवा दिने

न्युजलय २० फाल्गुण २०७८, शुक्रबार ०१:५५ मा प्रकाशित

इटहरी । प्रदेश एकमा लामो समयदेखि विभिन्न अस्पतालमा आबद्ध रही ल्याप्रोस्कोपी सर्जरी गर्दै आएका दक्ष अनुभवी सर्जन डा.सुनित अग्रवालले अब इटहरीको वेदान्त हस्पिटल प्रा.लिबाट सेवा दिने भएका छन् ।  


बरिष्ठ सर्जनद्वारा दुरबिनबाट पेट सम्बन्धी सम्पूर्ण सेवा जस्तै पितथैलीको पत्थरी, एपेन्डिक्स, हाड्रोसिल, हर्निया, पायल्स, फिसर, फिस्टुला, पेट रोग, स्तन रोग, मृगौला पथरी, प्रोस्टेट, पिलो, कान चुडिएको, नङ गाडिएको, शरीरका कुनै पनि ठाउँमा गाँठागुठी, मुसा, खिलको सर्जरी गरिने भएको छ । 


बेदान्तमा अब दैनिक सबै प्रकारको अप्रेसन गरिने भएको हो ।