इटहरीमा एमालेको पक्षमा उर्लियो मानव सागर (ब्लग)

न्युजलय २३ बैशाख २०७९, शुक्रबार १२:५८ मा प्रकाशित

- राम प्रसाद रिजाल


बैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनमा सुनसरी जिल्लास्थित इटहरी उपमहानगरपालिका अहिले एमालेमय भएको छ । विगत देखि नै लालकिल्लाको रूपमा रहेको यो नगरीले यसपाली पनि विगतको विरासत थाम्ने पक्का भएको छ । मेयर र उपमेयर लगाएत नगरका २० वट्टै वडाहरूमा एमालेले विजय हासिल गर्ने पक्का भैसकेको इटहरीबासीको मत रहेको पाईन्छ । 


इटहरीमा एमालेका पुराना हस्ती स्वच्छ छविका त्यागी नेता तथा नेकपा एमालेका वर्तमान नगरकमिटि अध्यक्ष याम कुमार सुब्बाले मेयरको टिकट पाएपछि इटहरी तात्तिएको मात्र छैन कांग्रेस सहितको गठबंधन तर्सिएको छ र आफ्ना कार्यकर्ता संग अब चुनाव हारियो भनेर निरास भैसकेको छ । त्यति मात्र होइन कांग्रेसले नेकपा एकिकृत समाजवादीलाई केन्द्रको सर्कुलर अनुसार  उपमेयर दिएपछि कांग्रेसी कार्यकर्ता र भोटरहरुमा असंतुष्टि चुलिएर वाडै पिच्छै कांग्रेसका कार्यकताहरू एकातिर बागी उठिरहेका छन् बने अर्को तिर एमालेमा प्रवेश गर्ने होडबाजी नै चलेपछि इटहरी एमालेमय भएको हो । 


त्यस्तै इटहरी नगरी भनेको थारु समुदायको बाहुल्यता भएकोले त्यसलाई मध्यनजर गर्दै एमालेले उपमेयरमा संगिता चौधरीलाई मात्र टिकट दिएको छैन २० वटा वडामा ९ वटा वडा अध्यक्ष नै थारु समुदाय वा चौधरीलाई टिकट दिएकाले र मेयर उपमेयर देखि वडा अध्यक्ष सदस्यहरू सबै जात जाति समुदायहरूलाई उठाएर एमालेले समावेशी उम्मेदवार र उम्मेदवारहरू हाम्रालाई होइन राम्रालाई उठाएपछि एमाले प्रति इटहरी जनताको जनमत गएको हो ।  अब कांग्रेस लगाएत ५ दलीय गठबंधनले मेयर उपमेयर त के एउटा वार्ड अध्यक्ष पनि नजितिने कुरा अहिले इटहरीका गठबंधन दलहरूमै कुरा हुन थालेको स्रोत बताउँछ । 


२०७४ सालको चुनावमा कांग्रेसले जितेका वाडहरुमा नै झन धेरै मत ल्याएर एमालेले विजयको झण्डा फरफराउने कांग्रेसका इटहरीका कार्यकर्ताहरुले नै भन्न थालेपछि कांग्रेसका सबै उम्मेदवारहरू हत्तोसाहित हुन थालेका हुन् । कांग्रेस नेतृत्वले राम्रालाई होइन हाम्रालाई उम्मेदवार बनाएपछि कांग्रेसका इटहरीका नेता कार्यकर्ताहरू नै कांग्रेसका सबै गठबंधनका उम्मेदवारहरु हराउन लागेपछि इटहरी एमालेमय सूर्य मय ओलीमय भएको बुझिन्छ ।


०७४ को चुनावमा ५०० मत भन्दा बढी ल्याएर इटहरीको २० नम्बर वडामा कांग्रेसको वडा अध्यक्ष सहित सबै प्यानलै विजय गरेको कांग्रेसले पुरानै वडा अध्यक्ष मणिराम श्रेष्ठलाई चुनावमा उम्मेदवार दिएपछि निक्कै कांग्रेसमा असंतुष्टि मात्र चुलिएको छैन श्रेष्ठलाई हराउन कांग्रेसकै २० नम्बर वडाका कांग्रेसका नेता कार्यकर्ता लागेका छन् । एमालेबाट समाजसेवी शालिन व्यक्तित्वका धनी परिपक्व नेता राजकुमार राईलाई उम्मीदवार बनाएपछि अहिले इटहरीको २० नम्बर एमालेमय बनेको छ ।

 

कांग्रेसबाट यस २० नम्बर वडामा ५ वर्ष वडा अध्यक्ष चलाएका २० नम्बर वार्डका निवर्तमान अध्यक्ष मणीराम श्रेष्ठले लोकप्रिय र जनमुखी काम गर्न नसकेको  र जनताको सुख दुःखमा साथ दिन नसकेकोले गर्दा निवर्तमान वार्ड अध्यक्ष श्रेष्ठ प्रति २० नम्बर वार्ड बासीको तीब्र असंतुष्टि रहेकोले गर्दा एमालेका राजकुमार राईले कम्तीमा हजार भन्दा बढी मतले प्यानलसहित वार्ड अध्यक्ष विजय हासिल गर्ने जनताको मत रहेको  छ ।

 

त्यस्तै गठबंधनले संविधानले दिएको अधिकारलाई कटौती गरी इटहरीको मेयर र उपमेयरमा क्रमशः कांग्रेसबाट हेमकर्ण पौडेल र उपमेयरमा नेकपा एकिकृतका केशव विष्टलाई उठाएपछि गठबंधन दलहरूले आधा भन्दा बढी जनसंख्या रहेको महिलाहरुलाई अपेक्षा गरेपछि सामाजिक संजालहरूमा चर्को विरोध मात्र भएको छैन गठबंधन दलहरु महिला विरोधी भएकोले इटहरीका सम्पूर्ण महिलाहरुले गठबंधनका उम्मेदवारहरुलाई मत नहाल्ने समेत महिला स्रोत  बताउँछ ।