नेप्से २३.८३ अंकले बढ्यो

न्युजलय ११ साउन २०७९, बुधबार ०९:०६ मा प्रकाशित

काठमाडौँ । सेयर बजारको परिसूचक नेप्सेले फेरि २१ सय अंक नाघेको छ । नेप्से बुधबार २३.८३ अंक बढेर २१११ अंकमा पुगेको हो । 

दिनभर उतारचढावका बाबजुत बढेको सेयर बजारमा ३ अर्ब १६ करोड रुपैयाँको कारोबार भयो । कुल १५६ कम्पनीको मूल्य बढ्यो भने १८ को घट्यो, ६ को स्थिर रह्यो । 

ब्यापार बाहेकका सबै उपसमूहहरु बढेका छन् । सो उपसमूहको सूचक १२ अंक घट्यो । बैंकिङ ०.९, विकास बैंक ५६, फाइनान्स ७५, होटल तथा पर्यटन २३, जलविद्युत् ७२, जीवन बीमा ३४, उत्पादन १९, माइक्रोफाइनान्स १०७, निर्जीवन बीमा ४३ र अन्य उपसमूह ३८ अंक बढे ।