इटहरी । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५३३ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।
७८५ जनाको पीसीआर परीक्षण गर्दा ३०१ र ७८० जनाको एन्टिजेन परीक्षण गर्दा २३२ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १३१, झापामा ६५, सुनसरीमा ५३, धनकुटामा ७, उदयपुरमा ६, भोजपुर र इलाममा ३-३, तेहृथुममा २, सङ्खुवासभा र पाँचथरमा १-१ र प्रदेश १ बाहिरका २९ जनामा सङ्क्रमण देखिएको हो ।
प्रदेश १ मा आज ७७२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ३७५ पुरुष र ३९७ महिला रहेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई महिला र एक पुरुष रहेका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार २४३ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।