आजबाट अनिश्चितकालका लागि बन्द भयो नयाँ लाइसेन्स आवेदन

न्युजलय ३१ फाल्गुण २०७८, मङ्गलबार ०४:३४ मा प्रकाशित

काठमाडौं । सरकारले आजदेखि अनिश्चितकालका लागि सवारीचालक अनुमतिपत्र (स्मार्ट ड्राइभिङ लाइसेन्स) को अनलाइन आवेदन बन्द गरेको छ ।

अहिलेसम्म भरेका अनलाइन आवेदनको टुङ्गो लगाउनुपर्ने भएकाले यातायात व्यवस्था विभागले सूचना निकालेर अर्को सूचना नआएसम्मका लागि अनलाइन आवेदन बन्द भएको जानकारी दिएको छ ।

पुराना सबै काम सकाउने निर्णय भएका कारण कहिलेसम्म अनलाइन आवेदन बन्द हुने र कहिलेदेखि खुल्ने भन्ने विषयमा अहिले नै कुनै निर्णय नलिएको विभागले जनाएको छ ।