बढ्यो सुनचाँदीको मूल्य

न्युजलय १५ मङ्सिर २०७९, बिहिबार ०५:१० मा प्रकाशित

काठमाडौं । बिहिबार (आज) सुनचाँदीको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य तोलामा ५०० र चाँदीको मूल्य ४० रूपैयाँले बढेको जानकारी दिएको हो ।

यससँगै आज छापावाल सुनको मूल्य तोलामा ९८ हजार १०० र तेजाबी सुनको मूल्य तोलामा ९७ हजार ६०० रूपैयाँ छ ।

यस्तै, आज चाँदीको मूल्य एकैदिन ह्वात्तै बढेको छ । हिजो तोलामा १२ सय ९० रूपैयाँ रहेको चाँदीको मूल्य आज ४० रूपैयाँले बढेर १३ सय ३० रूपैयाँ पुगेको छ ।