चैत्र ३० गते इनरुवामा एमाले अध्यक्ष केपी ओली आउने

न्युजलय १८ चैत २०७८, शुक्रबार ०२:२० मा प्रकाशित

इटहरी । यही चैत्र ३० गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सुनसरीको इनरुवा आउने भएका छन् । उनले त्यहाँ आयोजित आमसभामा सम्बोधन गर्ने छन् ।

पार्टीको प्रचार प्रसार बिभागले बिहिबार इनरुवा पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यक्रमबारे जानकारी दिएको हो । कार्यक्रम इनरुवाको महेन्द्रचोकमा हुने जनाइएको छ । बृहत आमसभा चुनाव केन्द्रित रहनेछ । जिल्ला अध्यक्ष रेवतीरमण भण्डारीले आमसभासँगै सुनसरीमा पार्टीको चुनावी अभियान सुरु हुने समेत बताए ।

भण्डारीले बैशाख ३० गतेको चुनावबाट माओवादीसहित नेकपा एकीकृत समाजवादी पत्तासाफ भएर जाने ठोकुवा गरे । उनले सुनसरीमा अन्य दलबिचको गठबन्धनले एमालेलाई कुनै असर नगर्ने बताए ।