रामधुनिमा गुडिरहेको ट्याक्टरबाट लडेर एक जनाको मृत्यु , एक घाइते

न्युजलय ७ बैशाख २०७९, बुधबार ०७:३६ मा प्रकाशित

 इटहरी । सुनसरीको रामधुनि–५ झुम्काको भित्री सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।

सोमबार दिउँसो पौने पश्चिमबाट पुर्ब तर्फ आउदै गरेको को २ त ८८१८  नम्बरको ट्याक्टरमा सवार झुम्का–३ का २८ बर्षीय अर्जुन ऋषिदेब र सोहि स्थानका २७ बर्षीय जितेन सरदार गुडिरहेको ट्याकटरबाट लडेर घाईते भएका थिए । 

घाइते ऋषिदेवलाई उपचारकोलागि बिराट टिचिङ अस्पताल बिराटनगर तथा सरदारलाई स्थानिय मेडिकलमा लगिएको थियो ।

ऋषिदेवको उपचारको क्रममा सोहि अस्पतालमा आज बिहान मृत्यु भएको हो । चालक र ट्याक्टर ईलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।