विराटनगर । लागुऔषध मुद्धाका फरार प्रतिवादी धरान –१९ का ३६ बर्षीय सुरज भन्ने सरोज राईलाई पक्राउ परेका छन् ।
१ नम्वर प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले राईलाई पक्राउ गरेको हो ।
लागुऔषध मुद्धमा उच्च अदालत बिराटनगरको २०७३ साल भाद्र ५ गतेको फैसला आदेशले १ बर्ष १० महिना २७ दिन कैद र १ लाख रुपैया जरिवाना भई कैद तथा जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका राईको खोज तलासमा खटिएको प्रहरी टोलीले गाउँघरमा नै लुकी छिपी बसेको अवस्थामा पक्राउ गरिएको हो ।
पक्राउ परेका राईलाई सम्मानित सुनसरी जिल्ला अदालतबाट कैद भुक्तानको लागि झुम्का कारागार चलान गरिएको छ ।