माटो खन्ने क्रममा ढिस्कोले पुरिएर एक जनाको मृत्यु

न्युजलय २० माघ २०७८, बिहिबार १२:५६ मा प्रकाशित

सिमकोट । घर लिपपोत गर्ने माटो खन्ने क्रममा खार्पुनाथ गाउँपालिका–१ को पीयूष गाउँकी एक जना महिलाको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको छ।


घर लिपपोत गर्ने माटो खन्दै गर्दा माथिबाट आएको ढिस्कोमा पुरिएर महिलाको मृत्यु भएको हो।


पीयूष गाउँकी ४० वर्षकी देवकी शाहीको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको स्थानीयले जानकारी दिए छन्।


बिहान वनमा पशुवस्तुका लागि सोतर संकलन गरी खाना खाएर गाउँभन्दा एक किमि टाढाको मुसेडीमा घर लिपपोत गर्ने माटो खन्दै गर्दा माथिबाट खसेको ढिस्कोमा पुरिएर उनको मृत्यु भएको हो।


तीन जना महिला सो माटो लिन गएकामा दुई जना बाहिर बसेको र मृतक शाही भित्र खाल्डोमा माटो खन्दै गर्दा पुरिएकी हुन्। उनको घटनास्थलमै मृत्यु भएको थियो। मृतक शाहीका चार जना छोरी र दुई जना छोरा छन्।