इटहरी । विहानैदेखि बाक्लो हुस्सु लाग्ने गरेका कारण इटहरीसहित सुनसरीमा जाडो बढेको छ ।
एक साता यता सुनसरीमा बाक्लो हुस्सु लाग्दै आएको छ । सोहि कारण चिसो बढेको हो । विहान १० बजेसम्म सुनसरीमा बाक्लो हुस्सु देखिन्छ । हुस्सुका कारण २० मिटरसम्मको मात्रै भिजिबलिटि छ ।
चिसो बढेसँगै यहाँका बासीन्दाहरुको दैनिकीमा समेत प्रभाव परेको छ । चिसोकै कारण विहान सुनसरीमा रहेका पुर्व–पश्चिम राजर्माग र कोशी राजमार्ग मात्रै होइन भित्रि सडक पनि खालि देखिन्छन् । लामो दुरीका सार्वजनीक यातायात र मालबाहक सवारीबाहेकका सवारीसाधन पातलै देखिन्छन् ।
मानविय आवतजावत पनि नगन्य मात्रामा देखिन्छ । बाहिर जानुको सट्टा मानिसहरु घरमा नै आगो ताबेर बसेको दृष्य यहाँ देख्न सकिन्छ । विहानी कक्षा सञ्चालन भइरहेका विद्यालय र अन्य शिक्षण संस्थाका विद्यार्थीहरुमा पनि चिसोले प्रभाव परेको देखिन्छ ।
चिसोकै कारण केहि विद्यालयहरुमा विद्यार्थी संख्या पनि घटेको विद्यालयहरु बताउँछन् । यस अघिका वर्षहरुमा इटहरी उपमहानगरले नगरका मुख्य चौकहरुमा आगो ताप्ने व्यवस्था मिलाउँदै आएकोमा यो वर्ष भने उपमहानगरले त्यस्तो व्यवस्था गर्न सकेको छ ।
चिसो बढेसँगै व्यवसायीहरुलाई भने फाइदा भएको देखिन्छ । जाडोका कपडाको व्यवपारी बढेसँगै व्यवसायीहरु हर्षित देखिएका हुन् ।