रौतहट। सरस्वतीको मूर्ति सेलाउने क्रममा इशनाथ नगरपालिका ५ स्थित लक्ष्मीनियाँ गाउँमा विद्यार्थीमाथि मुस्लिम समुदायले अवरोध गरेको छ । ढुंगामुढा प्रहार गरेको र दुई जना प्रहरी घाइते भएको जनाइएको छ ।
सोमबार श्रीपञ्चमीको पूजापछि विद्यार्थीहरूले सरस्वतीको मूर्ति सेलाउन जाँदा मुस्लिम समुदायका महिलाले विवाद गरेका थिए ।
मूर्ति लिएर मदरसाको अगाडिबाट जाँदा केही महिलाले ढुंगामुढा गरेको प्रहरीको भनाइ छ ।