कोशीबाट ४ सय किलो गाँजा बरामद

न्युजलय ३० फाल्गुण २०७८, सोमबार ०४:५९ मा प्रकाशित

सुनसरी । उदयपुरको वेलका नगरपालिका–८ बाट ४ सय किलोग्राम लागूऔषध गाँजा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । 

सप्तकोसीको चतरा पुलभन्दा ७ मिटर उत्तरतर्फबाट ९ वटा बोरामा प्लास्टिकले बेरेर चेफा बाँसको चाङबाट बनाइको डुङ्गा) मा हालेर दक्षिणतर्फ लाँदै गर्दा तस्कर भने फरार भएको सशस्त्र प्रहरीले जनाएको छ । 

प्रहरी टोली देखेपछि तीन /चार जना तस्कर नदीमा हाम फालेर फरार भएको र खोजी कार्य जारी रहेको प्हरीले जनाएको छ । यसअघि पनि वेलका–८ सिरुवानीबाटै ४ सय किलोग्राम लागूऔषध गाँजासहित ३ युवक पक्राउ परेका थिए ।