तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका ६, चुहानडाँडामा आगलागी भइरहेको छ। चुहानडाँडाको मंसारीमा साँझ ६ बजेबाट आगलागी शुरु भएको प्रहरीले जनाएको छ।
आगलागीबाट अविचन्द्र घिसिङको घर र गोदाम पूर्णरुपमा जलेको इलाका प्रहरी कार्यालय संक्रान्तिबजारले जनाएको छ।
आगो नियन्त्रणका लागि आठराई गाउँपालिकाको दमकल तथा प्रहरी टोली संक्रान्तिबजारबाट पठाइएको प्रहरीले जनाएको छ। फिदिम नगरपालिकाको दमकल पनि घटनास्थल गइरहेको बताइएको छ।