इटहरी । नेकपा एमाले इटहरी पूर्व नगर सचिव काशिनाथ दंगाल एमालेको सुनसरी जिल्ला कमिटिको सदस्यको उम्मेदवार बनेका छन् । पुष २७ गते हुने निर्वाचनमा उनले सदस्यमा उम्मेदवारी दिएका हुन् ।
दंगाल २०५१ सालमा अखिलको प्राकको अध्यक्ष, २०५१ सुकुना क्याम्पसको स्ववियू सदस्य, पार्टीको गाउँ कमिटि इलाका कमिटि सचिव हुँदै क्षेत्रिय कमिटि सचिव समेत बनिसकेका छन् । उनी सहिद परिवारबाट हुन् । राजनितिक शास्त्र र नेपाली विषयमा उनले स्नातकोत्तर गरेका छन् । उनका दाजु तथा भाइ एमालेको जिल्ला तथा प्रदेशको जिम्मेवार तहमा छन् । दाई एमालेको खोटाङ जिल्ला अध्यक्ष हुन् भने भाई प्रदेश सदस्य हुन् ।
उनी इटहरीस्थित जनता माविको सञ्चालक समितिका अध्यक्ष हुन् । उनले जनता माविको नेतृत्व समहाले यता उक्त स्कुलले चौतर्फी प्रगति गरेको छ । स्कुलमा अभिभावक तथा विद्यार्थीहरुको आकर्षण बढेको छ भने भौतिक पूर्वाधार तर्फ पनि उल्लेख्य प्रगति गरेको छ । व्यवस्थापकिय कुशलता भएका दंगालले आफूले जितेमा पार्टीको बिस्तार तथा विकाशका लागि सक्दो योगदान दिने प्रतिबद्धता जनाएका छन् ।