दमकमा केपी ओली मेडिकल कलेज स्थापना गर्न प्रस्ताव

न्युजलय १४ फाल्गुण २०७८, शनिवार ०९:२८ मा प्रकाशित

दमक । दमकमा केपी ओली मेडिकल कलेज स्थापना गर्न प्रस्ताव गरिएको छ ।

पहिलो नगरसभाको १० औं बैठकमा दमकको जनघनत्व अत्याधिक बढेकोले विद्यमान स्वास्थ्य संरचनाले नथेग्ने भएकोले पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगरमा मेडिकल कलेज सञ्चालन गर्ने प्रस्ताव गरिएको हो ।

नगरपालिकाकी उपप्रमुख गीता अधिकारीका अनुसार दमकमा उच्च स्तरको अस्पतालको माग यस अघि देखि नै उठिरहेको बताइन् ।

नगरसभामा केपी ओली मेडिकल कलेज स्थापना गर्ने प्रस्ताव आएको छ । त्यसलाई हामीले गम्भिरतापूर्वक लिएका छौं । सरोकारवालाहरुसँग आगामी कार्ययोजनामा यो प्रस्तावका बारेमा थप छलफल चलाउने उनले बताइन् । 

१० औ नगरसभामा स्थानीय उद्योग प्रर्वधन विधयेक २०७८ र बस्ती विकास तथा जग्गा एकिकरण विधयेक २०७८ पेश भएको थियो । न्यायीक समिती, अनुगमन समिती, लेखा समिती, विधायन समिती र वेरुजु फर्छौट समिती, पूर्वाधार समिती , आर्थीक समिती र बजार अनुगमन समितीका प्रतिवेदनपनि सार्वजनिक गरिएको थियो ।


विधयेक र संसोधित पुरक बजेट अध्ययन गरेर फागनु १८ गते भित्रमा लिखित सुझाव राख्न नगरसभासदस्यहरुलाई समयसिमा तोकीएको छ ।