नेपालमा करिब ९० लाख नागरिकले लगाए कोरोना खोप

न्युजलय २ मङ्सिर २०७८, बिहिबार ०२:१५ मा प्रकाशित

काठमाडौं । नेपालमा करीब ९० लाख नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ८९ लाख ६१ हजार ८७१ नागरिकले पहिलो मात्रा खोप लगाएका हुन्। त्यस्तै पूर्ण मात्रा खोप लगाउनेको संख्या ७६ लाख ७५ हजार ८९९ रहेको छ।


खोप अभियान सुरु भएदेखि हालसम्म एक करोड ६६ लाख ३७ हजार ७७० मात्रा खोप लगाइएको छ। कूल जनसंख्याको २९.५ प्रतिशत नागरिकले मात्रा खोप लगाएका छन्। त्यस्तै, २५.३ प्रतिशत नागरिकले खोपको पूर्ण मात्रा लगाएका छन्।