भारतीय पूर्वक्रिकेटर गाम्भीरलाई ज्यान मार्ने धम्की

न्युजलय १३ मङ्सिर २०७८, सोमबार ०१:०८ मा प्रकाशित

काठमाडौं । भारतीय पूर्वक्रिकेटर तथा भाजपा नेता गौतम गाम्भीरलाई पछिल्लो ६ दिनमा तेस्रोपटक आईएसआईएस कश्मीरबाट ज्यान मार्ने धम्की आएको दिल्ली प्रहरीले बताएको छ।


आइतबार प्रहरीले उक्त समूहबाट गाम्भीरलाई तेस्रोपटक धम्की आएको जानकारी दिएको हो। बिहान १ः३७ मा आएको इमेलमा लेखिएको छ, ‘तपाईंको दिल्ली प्रहरी र आईपीएस श्वेता (डीसीपी)ले पनि मलाई हानि गर्न सक्ने छैनन्। दिल्ली प्रहरीमा हाम्रा जासुसहरू पनि छन्। तपाईंको बारेमा सबै जानकारी प्राप्त भइरहेको छ।’


यसअघि गाम्भीरलाई मंगलबार र बुधबार ज्यान मार्ने धम्की आएको थियो । दिल्ली प्रहरीका एक वरिष्ठ अधिकारीले यसबारे अनुसन्धान चलिरहेको जनाकारी दिएका छन्।