काठमाडौं । सल्यानमा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।
बुधबार बिहान बागचौर नगरपालिका –२ सिङबाङस्थित राप्ति राजमार्ग अन्तर्गत दाङ–रूकुम सडकखण्डमा चल्ने बस दुर्घटनामा परेको हो।
रा १ ख २०८५ नम्बरको बस अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । घाइते १४ जनामध्ये चार जनाको अवस्था गम्भीर छ। १० जना भने सामान्य छन्।