मोरङमा करेन्ट लागेर एक जनाको मृत्यु

न्युजलय ६ मङ्सिर २०७८, सोमबार ०८:२३ मा प्रकाशित

विराटनगर । मोरङको वाग्मती मोलडिङ्ग इन्डस्ट्रिज प्रालिमा कार्यरत एकजना मजदुरको करेन्ट लागेर मृत्यु भएको छ ।

उद्योगका मजदुर बूढीगंगा–४ का ४४ वर्षीय कलरुकुमार खवासको करेन्ट लागेर मृत्यु भएको हो ।

करेन्ट लागेर गम्भीर घाइते भएका खवासको उपचारका क्रममा विराट शिक्षण अस्पतालमा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार हातखुट्टा धुनलाई उद्योगमै जडान गरिएको कलको मोटर चलाउने क्रममा खवासलाई करेन्ट लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान थालिएको जनाएको छ ।