सप्तरी । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–५ मा रहेको टेङ्ग्री टोलमा भीषण आगलागी भएको छ ।
शनिबार राति लागेको आगलागीबाट २५ वटा घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
आगलागीबाट दुई करोड रुपैयाँभन्दा बढीको नोक्सानी भएको प्रहरीले जनाएको छ । बिहान ३ बजेतिर नियन्त्रणमा आएको थियो ।
आगलागी हुनुको कारण खुल्न सकेको छैन भने प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।