चैनपुर नगरपालिकामा एमालेले मेयर र उप–मेयर टुङ्ग्यायो

शंकर खत्री ११ बैशाख २०७९, आइतबार ०८:४५ मा प्रकाशित

इटहरी । संखुवासभाको चैनपुर नगरपालिकामा नेकपा एमालेले प्रमुख (मेयर) र उप–प्रमुख (उप–मेयर) पदका उमेदवारको टुङ्गो लगाएको छ । 

एमालेले कृष्णकुमार तामाङलाई मेयरमा र एलीना श्रेष्ठलाई उप(मेयरमा अघि सारेको छ । यस अघिको अर्थात् २०७४ को स्थानीय तह निर्वाचनमा एमालेले मेयर र उप(मेयर दुवै पदमाा विजयी हाँसिल गरेको थियो । 

मेयरमा भरतकुमार खत्री र उप(मेयरमा मुना श्रेष्ठले जित निकालेका थिए । यो पटक पनि मेयर र उप–मेयरसहित अधिकांश वडामा जित्ने एमालेको दावि छ । मेयर र उप–मेयरसहित केहि वडाको उमेदवार टुङ्ग्याएको  र बाँकी वडामा पनि केहि दिनमानै उमेदवार टुङ्ग्याउने एमालेले जानकारी दिएको छ ।