वराहक्षेत्रबाट गाँजासहित दुई जना पक्राउ

न्युजलय ६ माघ २०७८, बिहिबार ०१:०७ मा प्रकाशित

इटहरी । सुनसरीको वराहक्षेत्र नगरपालिका–६ बाट प्रहरीले गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।


पक्राउ पर्नेहरूमा वराहक्षेत्र ३ का २८ वर्षीय नगेन राई र चौदण्डीगढी नगरपालिका १ का ३२ वर्षीय नबहाङ किराँती राई रहेका छन् ।


इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको क्यु आरटी टोलीले गए राती चेक जाँचको क्रममा उनीहरूबाट ६ केजी गाँजा र २ वटा साइकल सहित नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।