खुलेको दुई दिनमै लाइसेन्सको अनलाइन फाराम बन्द

न्युजलय १२ कार्तिक २०७८, शुक्रबार ०१:२४ मा प्रकाशित

काठमाडौँ । खुलेको दुई दिमै सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को अनलाइन आवेदन फाराम बन्द भएको छ । 


यातायात व्यवस्था विभाले एक सूचना जारी गर्दै अनलाइन प्रणालीमा समस्या देखिएको भन्दै अनलाइन आवेदन फाराम बन्द गरिएको जनाएको हो । 


गत वैशाख १६ गतेदेखि महामारीको कारण देखाउँदै बन्द गरिएको विभागको अनलाइन आवेदन प्रणाली सोमबार रातिबाट खुलेको थियो । ढिलागरी खुलेको पोर्टलमा एकैपटक आवेदकको चाप पर्दा समस्या आएको विभागले जनाएको छ । 


बिहीबार दिउँसोदेखि प्राविधिक समस्या देखिएकाले सोको मर्मतका लागि सेवा बन्द गरिएको विभागको भनाई छ ।सेवाग्राहीलाई पर्न जाने असुविधाका लागि विभागले क्षमा समेत मागेको छ ।