काठमाडौं । फ्रान्सेली युवा खेलाडी केलियन एम्बाप्पे च्याम्पियन्स लिगमा ३० गोल पुरा गर्ने सबैभन्दा कान्छो खेलाडी बनेका छन्। उनले अर्जेन्टिनाका लिओनल मेसीको कीर्तिमान तोडेका हुन्।
गएराति च्याम्पियन्स लिग अन्तर्गत क्लब ब्रग्सलाई हराउने क्रममा २ गोल गरेका पेरिस सेन्ट जर्मेनका एम्बाप्पेले च्याम्पियन्स लिगमा मेसीको कीर्तिमान भंग गरेका हुन्।