राष्ट्रपति भण्डारीद्वारा कर्णालीमा एमबीबीएस कार्यक्रम शुभारम्भ

न्युजलय २६ मङ्सिर २०७८, आइतबार ०९:०७ मा प्रकाशित

काठमाण्डौ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली प्रदेशको बहुप्रतिक्षित एमबीबीएसलगायत शैक्षिक कार्यक्रमको आइतबार (आज) जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा शुभारम्भ गरेकी छिन् ।


सो अवसरमा उनले रु ७६ करोड लागतमा निर्माण हुन लागेका चिकित्सा शिक्षाको शैक्षिक भवनको समेत शिलान्यास गरेको बताइएको छ । 


राष्ट्रपति भण्डारीले शुभारम्भ गरेपश्चात् आजबाट एमबीबीएस, बी.फार्म, बीएनएस, बीएमएसलगायत शैक्षिक कार्यक्रमको औपचारिक पढाइ सुरु भएको उपकुलपति डा मङ्गल रावलले बताए ।