दिक्तेल नगरपालिकाले दरबन्दीबाहेकका कर्मचारी हटाउने

न्युजलय ३० असोज २०८२, बिहिबार ०७:३५ मा प्रकाशित

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले स्वीकृत दरबन्दी बाहेकका सबै अस्थायी कर्मचारी तथा शिक्षक कातिक १ गतेदेखि हटाउने निर्णय गरेको छ । 

नगर कार्यपालिकाको असोज २८ गतेको बैठकले करार सेवाका कर्मचारी, दैनिक ज्यालादारी र नगरपालिकाको अनुदानमा नियुक्त शिक्षकहरूलाई सम्मानपूर्वक बिदाई गर्ने निर्णय गरेको हो ।

नेपाल सरकारको मन्त्रीपरिषद्बाट असोज ५ गते आएको परिपत्रको आधारमा उक्त निर्णय भएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिएका छन् ।