काठमाडौँ। काठमाडौंको बल्खुमा दुर्गा प्रसाईं समूह र प्रहरीबीच झडप भएको छ ।
बल्खुमा चक्रपथमा प्रदर्शन गरिरहेकाहरुले प्रहरी घेरा तोडेर कालीमाटीतर्फ जान खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो ।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र पानीको फोहोरा हानेको छ । प्रदर्शनकारीले प्रहरीतर्फ इँट्टा र ढुंगा हानेका छन् ।