विराटनगर महानगरपालिकाको उपमेयरमा श्रुति शर्माको दाबी

न्युजलय २५ चैत २०७८, शुक्रबार ०१:२५ मा प्रकाशित

विराटनगर । विराटनगर महानगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसबाट विराटनगरकी श्रुति शर्माले उम्मेद्वार दाबी गरेकी छन् । उनी शिक्षा तथा सामाजिक क्षेत्रमा लोकप्रिय छिन् । नेपाली कांग्रेसको क्रियाशील सदस्य रहेको साथै लामो समयदेखि पार्टीका विभिन्न गतिविधिमा सामेल हुँदै आएकाले आफूले दावेदारी दिएको उनले बताइन् ।


उनले मौका पाए सशक्त भएर काम गर्ने तथा विराटनगर र पार्टीको नाम उच्च राख्ने उनले बताइन् । उनी विराटनगरमा रोटरी क्लब साथै महिला उद्यमी संगठनमा समेत आबद्ध रहेकी छिन् ।