दुहवीमा पनि भेटियो ‘बर्ड फ्लू’

न्युजलय ४ फाल्गुण २०७८, बुधबार १२:२६ मा प्रकाशित

इटहरी । सुनसरीको दुहवी नगरपालिका ३ मा पनि बर्ड फ्लू भेटिएको छ । सो ठाउँमा रहेको सुरेश तिवारीको सन्देश कृषि फर्ममा पालिएका कमर्सियल ब्रोइलर कुखुराको नमुना केन्द्रिय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा परिक्षण गर्दा बर्ड फ्लू देखिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जानकारी दिएको छ ।


केहि दिन पहिला संकलन गरि पठाइएको नमुना हिजो बर्ड फ्लू पुष्टि भएको जानकारी पाएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । साथै सो फार्म आसपाको क्षेत्रलाई बर्ड फ्लू संकट क्षेत्र घोषणा गर्दै नियन्त्रणको प्रयास थापिएको कार्यालयले जनाएको छ । अहिले भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीमा कन्ट्रोल रुम नै स्थापना गर्ने र यहाँ जनशक्ती व्यवस्थापन नै गरेर नियन्त्रणको कार्यहरु संचानल गर्ने कार्यालयले जानकारी दिएको छ ।