इटहरी । सुनसरीमा नेपालकै पहिलो तथा ठूलो अन्न भण्डारण गृह सञ्चालनमा आएको छ ।
नेपाल वेयर हाउजिङ कम्पनी लिमिटेडले सुनसरीको औराबनीबाट भण्डारण गृह सञ्चालन गरी कारोबार थालनी गरेको हो ।
यस अन्न भण्डारण गृहको क्षमता १५ हजार मेट्रिकटन रहेको छ । मकै, गहुँ र भटमास भण्डारण गर्न मिल्ने गरी जडान गरिएको प्लान्ट स्वचालित र साइलो प्रविधिमा आधारित छ ।
भण्डारण गृहको सञ्चालनले किसानलाई आफ्नो उत्पादनको उचित मूल्य प्राप्तिमा सहयोग पुग्ने बताइएको छ ।
अन्न भण्डारणको आधारमा किसानका लागि बैंकमार्फत धितो समेत उपलब्ध गराइने कम्पनीले जनाएको छ ।