इटहरी । महिला साकोसको आयोजनामा इटहरी–५ पचरुखीमा सदस्य शिक्षा तथा सदस्य बिस्तारीत कार्यक्रम सम्पन्न गरेको छ ।
चैत्र १४ गते सोमबार संचालक तथा शिक्षा उपसमिति संयोजक जानुकला तामाङको अध्यक्ष्यता तथा संस्थाको पूर्व लेखा संयोजक तथा जिल्ला बचत तथा ऋण सहकारी संघ, सुनसरीको बरिष्ठ उपाध्यक्ष योगमाया सुबेदीको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
संचालक सदस्य रुद्रमाया भट्टराईको अगुवाई तथा कर्मचारीहरु सहित ४४ जनाको सहभागिता रहेको उक्त कार्यक्रममा संस्थाको बचत तथा ऋणका प्रकार तथा ब्याजदर सोको उचित प्रयोगबारेमा छलफल, महिला साकोस मै सदस्य किन ? जस्ता विविध बिषयमा कर्मचारी सन्तोष कार्कीले सदस्यहरुलाई सहजीकरण गर्दै संस्थाबाट हासिल गर्ने लाभका बिषयमा छलफल गराउदै कार्यक्रम सम्पन्न भएको थियो।
सो अवसरमा २० जना नयाँ शेयर सदस्य थपिएका थिए ।