इटहरी । प्रदेश १ म पछिल्लो २४ घण्टामा १ हजार ४ सय ७ जनामा कोरोना भाइरस सङ्क्रमण भएको छ ।
१ हजार १४३ जनाको पीसीआर परीक्षण गर्दा ६३९ र १ हजार ५६२ जनाको एन्टिजेन परीक्षण गर्दा ७६८ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २९९, झापामा १५६, सुनसरीमा १२०, धनकुटामा ११, उदयपुर र इलाममा ६-६, तेहृथुममा ३, पाँचथरमा २, सङ्खुवासभामा १ र प्रदेश १ बाहिरका ३५ जनामा सङ्क्रमण देखिएको हो ।
प्रदेश १ मा आज २७२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १२३ महिला र १४९ पुरुष रहेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ३ पुरुषको मृत्यु भएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजार १८५ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।