नीता ढुंगाना अस्पताल भर्ना

न्युजलय १६ साउन २०७९, सोमबार ०१:४८ मा प्रकाशित

काठमाडौं । भर्खरै वैवाहिक बन्धनमा बाँधिएकी नायिका नीता ढुंगाना अस्पताल भर्ना भएकी छन् । पारिवारिक स्रोतका अनुसार एपेन्डिसाइटिस भएपछि उनी मेडिसिटी अस्पतालमा भर्ना भएकी हुन् ।

 

आज दिउँसो नीता लाजिम्पाटमा रहेको म्यूम ब्यूटी पार्लरको उद्घाटनमा जाने कार्यक्रम थियो । तर, जाँदै गर्दा बाटोमा अचानक पेट दुख्न थालेपछि उनी अस्पताल पुगेकी हुन् ।


नीता नआएपछि प्रकाश सुवेदी र अभिनेत्री रजनी गुरुङले रिबन काटेर पार्लरको उद्घाटन गरे ।