मुख्यमन्त्रीले चाहेसम्म सहकार्यलाई निरन्तरता दिन कोशीका नेतालाई प्रचण्डको निर्देशन

न्युजलय ३ साउन २०८१, बिहिबार ०९:०० मा प्रकाशित

विराटनगर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोशी सरकार नछाड्न प्रदेशका नेतालाई निर्देशन दिएका छन् । 

खुमलटारस्थित आफ्नै निवास आएका कोशी प्रदेश माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई प्रचण्डले यस्तो निर्देशन दिएका हुन् ।

भेटमा अध्यक्ष प्रचण्डले कोशी सरकारबारे मुख्यमन्त्रीले चाहेसम्म सहकार्यलाई निरन्तरता दिन निर्देशन दिएको नेता आङ्बोले बताए ।

कोशीमा माओवादीका तीन मन्त्री रहेका छन् । यता नेकपा (एमाले)बाट मुख्यमन्त्री बनेका हिक्मत कार्कीले पनि उनीहरूलाई नहटाइ सहमतिको सरकार बनाउन सकिने बताउन थालेका छन् ।