नेप्से ४४ अंकले बढ्यो

न्युजलय २७ बैशाख २०७९, मङ्गलबार ०९:१३ मा प्रकाशित

काठमाडौँ । मंगलबार(आज) ४४ अंकले बढेपछि सेयर बजारको परिसूचक नेप्से २३ सय अंक नाघेको छ । 

सो अंकको वृद्धिपछि नेप्से २३१३ अंकमा कायम भएको छ । २२ सयनजिकसम्म झरेको बजार यसअघि आइतबार १८ र सोमबार १२ अंकले बढेको थियो । 

कुल १ अर्ब ३५ करोड रुपैयाँ बराबरको कारोबार भयो । मंगलबार बजारका सबै सूचक बढेका छन् । बैंकिङ २२, विकास बैंक १०३, फाइनान्स ५४, होटल तथा पर्यटन ३६, जलविद्युत् ९६, जीवन बीमा २३६, उत्पादन ६२, माइक्रोफाइनान्स ८६, निर्जीवन बीमा १२४, अन्य ३५ र ब्यापार उपसमूह सूचक १४ अंकले बढे । 

कुल १८१ कम्पनीको मूल्य बढ्दा ९ को घट्यो भने ४ को स्थिर रह्यो । ३ कम्पनीहरु बरुण हाइड्रो, ङादी ग्रुप र जल्पा सामुदायिक लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो ।