इटहरी । नेपाल प्रेस युनियन सुनसरीले निःशुल्क आँखा उपचार शिविर आयोजना गरेको छ ।
नेपाल प्रेस युनियनले सञ्चारकर्मीहरुको आँखा उपचारका लागि विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क आँखा तथा कान उपचार शिविर आयोजना गरेको हो ।
सञ्चारकर्मी तथा सञ्चारकर्मीका परिवारका सदस्यहरुका लागि सञ्चालन गरिएको आँखा उपचार शिविरमा जिल्लाका धरान , इटहरी ,इनरुवा , रामधुनी , बराहक्षेत्र लगायतका ठाउँका सञ्चारकर्मी तथा परिवारले सेवा लिएका थिए ।
नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीको अध्यक्षतामा भएको निःशुल्क आँखा उपचार शिविरमा आँखामा समस्या भएकाहरुलाई चस्मा तथा औषधि समेत निःशुल्क वितरण गरिएको थियो ।
राष्ट्रिय फोटो पत्रकार समुह सुनसरीको सह आयोजना रहेको आँखा तथा कान उपचार शिविरमा अग्रज पत्रकार हर्ष सुब्बा , कृष्णविनोद लम्साल नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्का सहित विभिन्न सञ्चार माध्यममा आवद्ध सञ्चारकर्मीहरुले आँखा तथा कान जाँच गराएका थिए ।