बलात्कार पीडित युवतीको पहिचान खुलाउने पत्रकारलाई पाँच महिना कैद

न्युजलय ६ पुस २०७८, मङ्गलबार ०६:२७ मा प्रकाशित

 काठमाण्डौ । बलात्कार पीडित राउटे समुदायका युवतीको पहिचानसहित अनलाइनमा समाचार र फेसबुकमा स्टाटस लेख्ने एक पत्रकारलाई जिल्ला अदालत सुर्खेतले पाँच महिना कैद र पाँच हजार जरिवानाको फैसला सुनाएको छ।

बलात्कार पीडित युवतीको फोटो र नामसहित समाचार प्रकाशित गरेको र प्रतिवादी वकीलहरुका विरुद्ध अनर्गल प्रचार गरेको प्रमाणित भएपछि दाङबाट सञ्चालित राप्ती पश्चिम डटकमका प्रकाशक सञ्चालक एग्गेबहादुर बुढामगरलाई अदालतले पाँच महिना कैद र पाँच हजार जरिवानाको फैसला सुनाएको हो।

गुर्भाकोट नगरपालिका–९, आँपसोतीमा रहेका बेला जेठ २१ गते राउटे समुदायका दुई युवतीलाई सामान किन्न आएको बेला होटलमा जबजस्ती मदिरा सेवन गराएर स्थानीय चमन घर्ती (जोगी), भुपेन्द्र बुढार विनोद पुनलले बलात्कार गरेको भिडियो सार्वजनिक भएको थियो।

जेठ २८ गते जिल्ला न्यायाधीश आचार्यले राउटे समुदायका युवतीमाथि भएको बलात्कार घटनाका विषयमा सामाजिक सञ्जाल र समाचार माध्यममा प्रकाशितरप्रशारित सामग्रीहरु तत्काल हटाउन आदेश जारी गरेका थिए।

अदालतले राउटे समुदायका पीडित युवतीको पहिचानसहित सामाजिक सञ्जालमा राखिका फोटो तथा भिडियोहरु हटाउन, यस्ता सामग्रीहरु राख्नेलाई कारबाही गर्न तथा आवश्यकता अनुसार साइटहरु बन्द गराउन पनि आदेश दिएको थियो।