उरुग्वे माथि ब्राजिलको शानदार जित

न्युजलय २९ असोज २०७८, शुक्रबार ०३:३७ मा प्रकाशित

काठमाडौं । विश्वकपको दक्षिण अमेरिकी छनोटमा ब्राजिलले उरुग्वेमाथि सानदार जित निकालको छ।

ब्राजिलले पाहुना उरुग्वेमाथि ४–१ गोलअन्तरको सानदार जित निकालेको हो ।

ब्रजिलका लागि नेयमार र राफिन्हाले गोल गरेका थिए। खेलको १० औं मिनेटमै गोल गरेर नेयमारले ब्राजिललाई अग्रता दिलाएका थिए। त्यसको ८ मिनेटपछि नै राफिन्हाले गोल गरेर अग्रतालाई दोब्बर बनाए। 

राफिन्हाले ५८ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै अग्रतालार्ई ३–० मा पुर्याएका थिए।

तर, ७७ औं मिनेटमा उरुग्वेका फरवार्ड लुइस सुआरेजले गोल गर्दै खेलमा फर्कने प्रयास गरेका थिए। 

ब्राजिलका ग्याब्रियल बार्बोसाले ८३ औं मिनेटमा गोल गर्दै जितलाई ४–१ सम्म पुर्याए। यससँगै ब्राजिल अहिलेसम्म अपराजित छ। ब्रजिलले ११ खेलमा अपराजित रहँदै ३१ अंक बनाएको छ।