पूर्वी तराईमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

न्युजलय ११ साउन २०७९, बुधबार १२:५४ मा प्रकाशित

काठमाडौं । बिहानैदेखि पूर्वी तराईमा भारी वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार झापा, मोरङ, सुनसरी, सप्तरी, धनकुटा, उदयपुर र आसपासका धेरै स्थानमा भारी वर्षा भएको हो । थप वर्षा हुनसक्ने आकलन गरिएको छ ।

 

ती जिल्ला भएर बहने साना नदीमा आकस्मिक बहाव हुन सक्ने बाढी पूर्वानुमान महाशाखाले चेतावनी दिएको छ । होचा स्थान र साना नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन अपिल गरिएको छ ।