इटहरी । नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी भित्र एकताको आवश्यकता रहेका बताएका छन् ।
मंगलबार सुनसरीको धरानमा विभिन्न कार्यक्रममा सहभागि हुने क्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन् । पार्टीका सबै नेता कार्यकर्ताको सहयोगले आफूँ पुनः पार्टीको सभापतिमा निर्वाचित भएको उनले उल्लेख गरे ।
साथै पार्टीको एकतामा अन्य पार्टीको भूमिका पनि महत्वपूर्ण हुने भएकाले त्यसमा सबैलाई सहयोग गर्न उनले अनुरोध गरे । उनले धरान स्थापना भएको १२१ वर्ष पुरा गरेको अवसरमा आयोजना गरिएको धरान उत्सवलाई सम्बोधन गर्नुको साथै धरानका अन्य ४ वटा कार्यक्रममा पनि सहभागि भएका थिए ।