काठमाडौं । काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको शौचालयमा एक जना महिला झुण्डिएको अवस्थामा फेला परेकी छन् ।
जनकपुर उपमहानगरपालिका ८ घर भइ हाल उक्त अस्पतालमा कार्यरत २८ वर्षीया पूजा झा शौचालयको धारामा सलको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।
प्रहरीका अनुसार श्रीमानले उनलाई झुण्डिएको अवस्थामा फेला पारेका थिए । प्रहरीलाई खबर गरेर उपचारका लागि लगिए पनि अस्पताल पुग्दा झाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
झा सोही अस्पतालको क्वार्टरमा बस्दै आएकी थिइन् । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घटनास्थलबाट जेठी नन्द र सासूको कारण आत्महत्या गरेको भनी लेखिएको सुसाइड नोट फेला परेको छ ।