काठमाडौं । नेपालले फिफा वरीयतामा दुई स्थान सुधार गरेको छ ।
बिहीबार विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपालले दुई स्थान सुधार गर्दै १६७औं स्थानमा रहेको हो ।
यसअघिको वरीयतामा नेपाल १६९औं स्थानमा थियो । दक्षिण एसियाली राष्ट्रको वरीयताको भने तेस्रो स्थानमा रहेको छ ।
भारत पहिलो स्थानमा रहँदा माल्दिभ्स दोस्रो स्थानमा रहेको छ । भारत १०४औं र माल्दिभ्स १५७औं स्थानमा छ ।