चुनावमा माओवादी पहिलो पार्टी बन्ने सम्भावना बलियो छः प्रचण्ड

न्युजलय ६ चैत २०७८, आइतबार ०४:३४ मा प्रकाशित

पोखरा । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चुनावमा माओवादी पहिलो पार्टी बन्ने सम्भावना रहेको बताएका छन् । 

आइतबार(आज) पोखरामा दाहालले माओवादी चुनावमा तालमेल गर्न नजाने बरु अरु पार्टीहरुले नै तालमेल गर्न खोजेको बताए ।

उनले पछिल्लो समय माओवादी प्रवेश गर्नेहरुको लहर सुरु भएको भन्दै चुनावमा माओवादी पहिलो पार्टी बन्ने सम्भावना रहेको दावी गरे ।

प्रचण्डले भने ‘पछिल्लो समय सबैतिर संविधान बचाउने र शान्ति प्रक्रिया पुरा गर्ने माओवादी नै हो भन्ने परेको छ । जनतालाई पनि माओवादीले नै उत्पीडित वर्ग,जाति र समुदायको अधिकार दिलाएको हो भन्ने परेको छ । त्यसैले हामी पहिलो पार्टी बन्नेतिर जांदैछौं । ’

उनले अहिलेको प्राथमिकता भनेको यो गठबन्धनलाई नै लिएर जाने रहेको भन्दै राजनीतिमा असम्भव भने केही नभएको बताए ।