ताप्लेजुङको एक घरमा आगलागी, ४२ लाखको क्षति

न्युजलय १५ माघ २०७८, शनिवार ०२:३६ मा प्रकाशित

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेनमा आगलागी हुँदा ४२ लाखभन्दा बढीको क्षति भएको छ ।


शुक्रबार मेरिङदेन गाउँपालिका–६ नाल्बुका कन्चन लिम्बुको घरमा आगलागी भएको हो । आगलागीबाट घर तथा घरभित्र रहेका सुनचाँदी, भाँडाकुँडा, लत्ताकपडा, अन्नपातलगायत नष्ट भएका छन् ।


करिब ४२ लाख ३५ हजार रुपैयाँको क्षति भएको प्रहरीले जनाएको छ । स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।