दार्चुलामा विजयी जुलुसमा जान लागेको हायस दुर्घटना हुँदा तीनजनाको मृत्यु

न्युजलय २ जेठ २०७९, सोमबार ०४:४१ मा प्रकाशित

काठमाडौं । दार्चुलामा विजयी जुलुसमा जान लागेको हायस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । 

गोकुलेश्वरबाट पनेबाँजतर्फ आउँदै गरेको म १ ज २७७ नम्बरको हाइस शैल्यशिखर नगरपालिकाको वडा नम्बर ६ ग्वानीको वडा कार्यालय नजिक लाखोलामा दुर्घटना भएको हो।

दुर्घटनामा चालक प्रकाशसिंह धामी, सवार नविनसिंह धामी र हरिश धामीको मृत्यु भएको छ। मृतक तीनै जना ग्वानीका स्थानीय हुन्।

नेकपा एमालेका कार्यकर्ताहरुलाई विजय जुलुसमा गोकुलेश्वर लग्नका लागि पनेबाँज आउँदै गरेको हाइस सडकबाट करिब १ हजार मिट तल भिरमा खसेको र थप विवरण आउन भने बाँकी रहेको छ।