सुनचाँदीको मूल्य बढ्यो

न्युजलय १८ असार २०८३, बिहिबार ११:२१ मा प्रकाशित

काठमाडौं । बिहीबार सुनको मूल्य ६ हजार २ सय रुपैयाँले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भैइरहेको छ । 

यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार ४ हजार २७० रुपैयाँमा कारोबार भएको चाँदी आज १८० रुपैयाँले बढेर ४ हजार ४५० रुपैयाँमा कारोबार भैइरहेको छ ।