काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३०६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
८ हजार ८ पीसीआर परीक्षणमा २९१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ लाख १६ हजार ९६६ पुगेको छ ।
यस्तै एन्टिजेन विधिद्वारा १ हजार ५९८ परीक्षण हुँदा १५ जनामा पोजिटिभ देखिएको छ । पीसीआर र एन्टिजेन गरी ९ हजार ६०६ परीक्षण हुँदा ३०६ मा कोरोना पुष्टि भएको मन्त्रालयको तथ्यांक छ ।
नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४७७ पुगेको छ ।